@पिटि अनलाइन ,काठमाडौ /२ साउन
बैकल्पिक राजनीतिमा प्रभाव बनाउदै आएको विवेकशील नेपाली दलको प्रदेश ८ (प्रवास) मा संगठन बिस्तार भएको छ । प्रबासको १४ औ कमिटीको रुपमा विवेकशील नेपाली मकाउ गठन गरेको दलका प्रदेश ८ प्रवास समितीका अध्यक्ष संजय रिमालले जनाएको छ।
अनिश क्षेत्रीको अध्यक्षतामा गठित मकाउ कार्य समितिमा ४ पदाधिकारी समिति, १ सल्लाहकार र ६ सदस्य समिति रहने गरी ११ जनाको समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा बालगोपाल कार्की, सचिव शमशेर थापा, कोषाध्यक्ष ग्रीष्म गिरी सल्लाहकार रूवेल गिरी रहेका छन् भने सदस्य समितिमा हर्कबहादुर गुरूङ, प्रेम पण्डित, सन्तोष थापा, राजकुमार घले, रिक्की बराल र विजय कुमार रहेका छन् ।
विश्वका बिभिन्न देशहरुमा कमिटी खोल्ने निती बमोजिम बिस्तार कार्यलाई तिव्रता दिईएको र अन्य देशहरुमा पनि ईकाई खोल्ने तयारी भैरहेको विवेकशीलका केन्द्रिय सदस्य आशिस राईले पिटि अनलाइन जानकारी दिएका छन् । ।
कोरोनाका कारण केही समय सुस्ताएको दलले नयाँ कमिटी लाई अभियानको नयाँ ईट्टाको रुपमा लिएका प्रवासका नेता सुरेश भट्ट आस्विन ले बताउनु भएको छ ।
दलले समस्या परेका श्रमिकका मुद्दाहरुमा केन्द्रीत रहेर कार्य गर्दै आईरहेको छ । विभिन्न उद्वार अभियान र सहयोगलागि विवेकशील नेपाली प्रवासमा परिचित रहेको छ ।