ईतिहासमै पहिलो पटक नेपाल यातायात मजदुर तथा व्यवसायीले पाए दुख
पिटि अनलाइन न्यूज
- १५ असार, २०७७ १७:३३
- 3550 Views

आषाढ १५/काठमाण्डौ,बिपुल ढुंगाना
नेपालमा यातायात संचालनको इतिहासमै पहिलो पटक यातायात मजदुर र ब्यबसायिले नराम्रोसंग दुःख पाएको अवस्था छ । #covid19 कोरना माहामारीका बीच नेपाल सरकारले मिति :२०७६/१२/१० गते देखि जारी गरेकोे (लकडाउन) आजको दिन सम्म आई पुग्दा ९५ दिन पार गर्दैछ ।
तर अहिले सम्म यातायात क्षेत्रलाई आफ्नो पेशा सम्झेर आफ्नो शिप सदुपयोग गरिरहेका यातायात मजदुर सबै स्थानमा दुःख पाइरहेको अवस्था छ। यस्तो इतिहासकै काहालिलाग्दो घटना र बज्रपात मजदुरहरुको छाति माथि बजारिदा सम्म पनि कुनै पनि मालिक ब्यबसायिले मजदुरको पक्षमा हितहुने विषयमा कहिकतै सम्बोधन गरेको नदेखिनु नै आज यातायात मजदुरको लागी ठूलो मर्का परेको यातायात मजदुरको गुनासो रहेको छ। नत नेपाल सरकारको स्थानिय तह,प्रदेश तह , केन्द्रीय तह राज्यको कुनै पनि निकायले सम्बोधन गरेकोे देखिँदैन यस्तो अवस्था बारे किन राज्य अनि सरकार मौन छ ? यातायात मजदुर प्रश्न गरिरहेका छन सरकार तिमी काहा छौ ? के हामी यो देशको नागरिक हैन ?
पिटि अनलाइन न्युजले यसै सेरोफेरोमा रहेर समस्यामा परेको यातायात मजदुरलाइ केन्द्रीय राजधानी बसपार्कमा रोकिएर बस्नु परेको केही यातायात मजदुर लाइ सोधेका थियौं । तपाईंहरूको अवस्था कस्तो छ?
लामो समयदेखि यातायात रोकिने क्रम क्रमशः चल्दा धेरैभन्दा धेरै यातायात मजदुर आफ्नो गाउघर फर्किसकेको र नितान्त यातायातमै आस्रितँ यातायात मजदुरहरु आफ्नो जीविकोपार्जन परिवारको लालन पोषणको लागी खटिने यातायात मजदुर अहोरात्र काम मिले माम मिल्छ। भन्ने उद्देश्यका साथ यो माहामारीमा पनि आफ्नो स्वास्थ्यको प्रवाह नगरी कुनै सुरक्षासम्बन्धी पोसाक अनि स्वास्थ्य सामग्री बिना नै बसमालिकलाइ कमाइ दिन्,नेपाल सरकारलाइ सेवा दिन नेपाली नागरिकलाइ गन्तव्यमा सुरक्षित पुर्याउन अहोरात्र तल्लिन छ। सरकारले समस्यामा परेको नागरिक लाइ एक ठाउ बाट अर्को ठाउ पठाउन स्थानिय निकायको समन्वयमा एक जिल्ला बाट अर्को जिल्लामा आफ्नो जिल्लाको नागरिक लाने क्रम जारी नै छ । कहिले भारत बाट आइरहेको नागरिकलाइ कहिले विदेश बाट आउने नागरिक लाइ राज्यले पठाई रहेको अवस्थामा केही सीमित सवारी साधन चल्ने गर्दा त्यस्को फाइदा केही सीमित मजदुर हरु लाइ पुगी रहेको छ । फाइदा पुगे पनि समस्या र गुनासोको धेरैभन्दा धेरै पोको खोल्ने क्रम मा क्रमशः केही मजदुरहरुले पिटि अनलाइन न्युज समक्ष आफ्नो समसामयिक समस्या राख्नु भएको थियो । त्यहि समस्या लाइ हामी सम्बन्धितँ रहेर आज सम्बन्धित ब्यक्तीहरु सग सम्पर्क गर्ने कोशिश गरेका थियौ।
वाहिरी जिल्लाबाट काठमाडौं भित्रीएका बसहरु पुन फिर्ता हुन नसकेर हप्तौं देखि मजदुर गाडीमै सुत्न बिबस भएका छ्न । काठमाडौं बाट फिर्ता हुन काठमाडौं जिल्ला प्रशासनको सिफारिस चाहिने तर सिफारिस सबै जिल्लाबाट बन्द भएको जानकारी दिएको छ । अब कसरी फर्कने भनेर समस्यामा परेका छ्न । त्यो पनि प्रहरी कन्टोल १०३ बाट जानकारी भए पछि मात्र बाहिर जान अनुमति दिने गरेको छ तर ट्राफिक प्रहरी निरिक्षक शंकर श्रेष्ठले १०३ बाट जानकारी गराउदा समेत केन्द्रिय बस पार्क बालाजु बाट बाहिर जाने अनुमति दिनु भएको छैन। भन्ने खबर हामीलाई बाके जिल्ला बाट समस्यामा रहेका नेपाली नागरिक लाइ काठमाण्डौ ल्याई पुर्याउने यातायात मजदुरले जानकारी गराउनु भएँको थियो ।
मिती :२०७७/ ०३ /१० मा जिल्ला प्रशाशन कार्यालय बाके मा दर्ता भएको निबेदनको आधारमा चलानि नम्बर १६११ अनुसार दुइ यात्रु बहाक सवारी साधन बस लाइ राजधानी आउने पास जारी गरेको थियो। सो यात्रु बाहक बसका सवारी धनी किरण भण्डारी हुन। सवारी नम्बर रहेको छ ना.8 ख. 7670 ना.8 ख.136 चालक कृष्णबहादुर नेपाली र गंगा राम पुन मगरको नाममा ४०/४० जना यात्रु लान पाउने गरी बाके काठमाण्डौ बाकेको लागी जारी भएको पासको मिति 2077 / 03 / 11 देखी 2077 /03/ 22 सम्म जारी मिति रहेको छ पास जारी गर्नुहुने अधिकारी बाकेका प्रमुख जिल्ला अधिकारी राम बाहदुर कुरुम्बाङ रहनु भएको छ । बाके जिल्ला प्रशासन द्वारा जारी पास लिएर राजधानी प्रबेश गर्दा कहीकतै कुनै समस्या रहेन। माथी उल्लेखित बस 11 गते र 12 गते एक दिन को फरक मा बाके बाट राजधानि प्रवेश गरेकोे देखिन्छ ।ऊक्त बस फर्कने क्रम मा माहानगरिय ट्राफिक प्रहरी का र्यालय बालाजु बसपार्क मा खटीनु हुने ट्राफिक प्रहरी निरिक्षक शंकर श्रेष्ठ ले जिल्ला प्रशासन कार्यालय बाके र गृह मन्त्रालयाको2396को नियम मा रहेर जारी भयको आएको सहमती सहितको पास नियन्त्रण लिने कार्यगरेर आफ्नो समबन्धित जिल्ला आफ्नो घर फर्कन पाउने यातायात मजदुर को मानव अधिकारको ख्याल नगरी ट्राफिक प्रहरी निरिक्षक शंकर श्रेष्ठ लाई पास खोस्ने कुनै अधिकार छैन किन पास खोसियो बुझ्न सकेको छैन। बसपार्क बाट बाहिरिन लागेको सवारी साधन लाइ सरकारी कर्मचारी र केही ब्यबसायी को मिलेमतोमा मिलेर बसपार्कमा बाहिर जान लाईनमा रहेका गाडी लाई कुन गाडी जान दिने कुन गाडी जान नदिने आफ्नो मन मानी चलाएका छ्न । अनि हामी सोझो मजदुर काहा जाने भन्ने गुनासो यातायात मजदुरको रहेको थियो।
PTonlinenews को सम्पर्क मा यातायात मजदुरआउने बित्तिकै हामिले प्रहरी निरिक्षक शंकर श्रेष्ठ सीत टेलिफोन सम्पर्क गरेर सोधेका थियौं सर किन यि माथी उल्लेखित बस रोकियो भन्दा शंकर श्रेष्ठ ले जानकारी दिनु भएको थियो सर पास केवल तिन दिन को लागी जारी हुन्छ । तर यस पास मा 10 दिन को लागी जारी भएको देखेँ पछि शंकास्पद लागी नियन्त्रण मा लिएर अनुसन्धान गर्न खोजेको मात्र हो तर पास खोसेको भन्ने मजदुर को आरोप निराधार कपोकल्पित हो ऊक्त पास हामिले अनुसन्धान को लागी लिने बित्तिकै पास जारी गर्ने जिल्ला को प्रमुख जिल्ला अधिकारी लाइ सम्पर्क गरे पस्चात बाके जिल्ला को प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ ले प्राबिधिक त्रुटि भएकोले गर्दा तपाईंहरू ले अहिले त्यो पास राख्नु होला हामी समस्यामा परेको लाइ कसरी निकास दिने छलफल जारी रहेको ले छिट्टै जानकारी गराउने छौ भन्ने भई सके पछि मैले कानुन को अधिकार प्रयोग गरेकोे मात्र हो भन्ने जानकारी दिनु भएको थियो।
फेरी हामिले बसपार्क मा बाहिर जाने सवारी साधन मा सरकार र केही ब्यबसायि को मिलेमतो मा कुन लाइ जान दिने कुन लाइ जान नदिने सेटिङ चलेको छ भन्ने मजदुर र केही ब्यबसायि को आरोप छ तपाइँ के भन्नुहुन्छ भनेर प्रश्न गरेका थियौ। प्रहरी निरिक्षक शंकर श्रेष्ठ भन्नु हुन्छ तपाइँ बास्तबिक हो हैन अनुसन्धान गर्नुहोस् अनि कसले भनेको सत्य तथ्य सुचना हो हैन जानकारी लिँदै पत्रकारहरु लाइ कलम चलाउने अधिकार छ त्यो काम गर्नुहोला। हल्ला को पछि हैन बास्तबिकता लाई उजागर गर्नु होला। बसपार्क मा त्येस्तो हुननसक्ने र भएको पनि छैन आफ्नो कर्तव्य निभाउदा कोही कसैलाई असजिलो पर्न जादा केवल आरोप लागाएको हो एस मा कुनै सत्यता नभएको जानकारी दिनु हुँदै यातायात मजदुर को पीडादायी अवस्था लाइ हामिले महसुश गरका छौ र हाम्रो ठाउ बाट सधैं माथिल्लो निकाय लाइ जानकारी दिने कार्य निरन्तर रही आएको छ भन्नु हुँदै हामिलाइ जानकारी दिनु भएको थियो ।
PTonlinenews ले बाके जिल्ला को प्रमुख जिल्ला अधिकारी लाइ किन जिल्ला प्रशासन ले जारी गरेकोे पास लिएर अलपत्र नागरिक हरु लाइ सम्बधिन ठाउ मा पुर्याउने काम गरी फर्कने क्रम मा सवारी साधन लाइ फर्किन न दिई सवारी रोकिएको अवस्था लाइ जानकारी लिन खोज्दा हाम्रो सम्पर्क मा एक पटक प्रमुख जिल्ला अधिकारी का सहयोगि ले फोन उठाउँदै 55 मिनेट पछि सम्पर्क गर्न्नु भन्ने अनुरोध भै सके पछि हामिले पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कहुन सकिरहेको अवस्था छैन । प्रमुख जिल्ला अधिकारी लाई यो समाचार तयार पारुन्जेल पनि सम्पर्क हुन नसकेपछि ।PTonlinenews ले भेरी यातायात ब्यबसायि को यातायात ब्यबसायि केशव शर्मा लाइ सम्पर्क गरेर सोधेका थियौं । तपाईंहरू को समितिमार्फत गएको कतिवटा सवारी साधन बालाजु बसपार्क मा रोकिएको अवस्था छ भन्दा भन्नुहुन्छ हामिले सरकार ले गरेकोे आग्रह लाइ स्वीकार गरेर सिमानाका बाट भित्रने नागरिक लाइ क्वारेन्टाइन मा बस्ने सर्त अनुसार यात्रु बोकेर काठमाण्डौ गएको तर आफ्नो भन्दा पछाडी पुगेको सवारी साधन फर्किसकेको अवस्था मा हाम्रो सवारी साधन किन फर्केन किन बालाजु बसपार्क मा रोकियो कसको कारण ले रोकियो भन्ने बारे मा बाके प्रशासन सीत कुरा हुँदा सवारी साधन रोक्न निर्देशन नदिएको र किन रोकियो भन्ने विषय मा छ्लफल चलिरहेको छ। उहाले अरु प्रा.लि.को बसहरु पनि गएको भन्ने सुनेको तर कसरी गएको आफू लाइ जानकारी नभएको जानकारी दिनु भएको थियो।
हामिले सबै को कुरा सुनिसके पछाडी सम्बन्धितँ जिल्ला का अधिकारी र नेपाल सरकारको गृहकार्य मा कहि कतै कोरना माहामारी को बीच नागरिक लाई उध्दार गरेर एक अर्को जिल्ला मा लाने ल्याउने सवाल मा संयनत्र फेल भएँको हो वा राज्य का सेवकहरु ले यातायात मजदुर ब्यबसायि लाइ सानो ठुला कुन सस्था को हो हेरेर भेदभाव गरेकोे हो? हामिलाइ पनि बास्त्बिक गहिराई मा पुग्न गार्हो भै रहेको अवस्था छ बुझ्नु सकिरहेको छैन किन यो अवस्था आयो।
PTonlinenews ले नेपाल सरकार को यातायात मन्त्रालय ,गृहमन्त्रालय लाई सवारी साधन रोकिएको घटना सीत सम्बन्धित स्थाानिय जिल्ला प्रशासन, प्रदेश प्रशासन , केन्द्रीय प्रशासन सीत सोध्न चाहेको विषय 200 किलोमिटर भन्दा माथि चल्ने सवारी साधन को हकमा के कस्तो तरिका ले मापदण्ड कस्तो नियम कानुन छ सबै निकाय लाइ जानकारी होला भन्ने बुझाइ छ ।तर याहा 500 किलोमिटर पर बाट आएको सवारी साधन लाइ नेपाल को सडक संजाल को अवस्था लाइ हेर्ने हो भने काठमाण्डौ पुग्न 3 दिन लाग्न सक्ने अवस्था छ र फर्किन पनि उति नै अब यस्तो कोरना माहामारी को बीच आफ्नो स्वास्थ्य को ख्याल नगरी नागरिक र राज्य लाइ सेवा गर्ने ति माहन यातायात मजदुर ले आराम गर्न पाउदैन हो? बाके देखी काठमाण्डौ को पास 3 दिन को जारी गर्दा उचित देखिन्छ ?अब दश दिन को पास बनाएर काठमाण्डौ पुगे को आफ्नो ज्यान को जोखिम मोलेर फर्किन लाग्दा राज्य ले आज तपाईंहरू आराम गर्नु भोली आरामै फर्किनुहोला भनेर हौसला दिनु पर्ने मा पास नियन्त्रण मा लिएर सवारी साधन र चालक लाइ आफ्नो बासस्थान फर्किन रोक्नु जायज हो? की यातायात मजदुर ले राज्य र नागरिक को सेवा गर्दा त्यो अपराध हो? किन सरकार मौन छ? हामि सामाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यम ले सरकार लाई अनुत्तरित प्रश्न को उत्तर दिदै समस्या मा परेको यातायात माजदुर अनि ब्यबसायि लाइ यथासिघ्र न्याय को अनुभूति मिलोस आफ्नो घर परिवार बीच पुगेको हामिले चाडो देख्ने बाताबरण हामी हेर्न चाहन्छौ राज्य सीत यही आशा गर्दछौ ।हामिले माथि उल्लेखित समाचार कसैको आग्रह पुर्बाग्रह मा नलेखिएको पनि जानकारी गर्दछौ।हामी कोही कसैलाई हानि नोक्सानी क्षति पुर्याउने हामिहरु को चाहना पनि होइन । हामी हाम्रो समाज मा घटेको देखेको कुराहरू लाइ कसैको पक्ष, विपक्ष, प्रभाव , प्रलोभन मा नपरि सत्य तथ्य केहो? कसरी समाधान गर्न सकिन्छ भन्ने मात्र हो? माथिको विषय वस्तु लाई सम्बन्धितँ निकाए ले बुझ्ने छ भन्ने आशावादी छौ।