NRNA-NCC, कतारको प्रशंसनीय कार्य आठौँ चरणको राहत प्याकेज बितरण।
पिटि अनलाइन न्यूज
- १२ जेष्ठ, २०७७ १३:०६
- 775 Views

@पिटि अनलाइन न्युज
डिबि तामाङ, दोहा
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले (कोभिड-१९ ) कोरोना भाइरसको कारण समस्यामा परेका पिडितहरुलाई चरणबद्द सहजै राहत उपलब्ध गराउँदै आउने क्रमलाई निरन्तरता दिंदै हिजो मे २४ तारिकको दिन आठौँ चरणमा ३ सय भन्दा बढी नेपाली श्रमिकहरुलाई १५ दिन सम्म खान पुग्ने खाद्यान्नको राहत प्याकेज बितरण गरिएको छ।
सो राहत प्याकेज बितरण कतारको बिभिन्न स्थानहरु: मुग्लिना, मदिना खलिफा, एन खालिद, सनैया स्ट्रीट नम्बर ३,१२,१५,२८,४१,४५, सल्वा रोड, अल वकिर, खरतियात, अम सलाल मोहम्मद, अम सलाल अलि,नज्मा, मुरा, समाल, अल नासर, ग्राफा, मनसुरा, दावर कुतुफ, मुन्ताजा, न्यु रयान, अल तुममा, मतार कदिम, पुरानो एअरपोर्ट, अल हिलाल, न्यु सलता र मैजार का विभिन्न ठाउँमा रहेका पीडित नेपालि श्रमिकहरुलाई बाँडिएको थियो ।
गैर आवासिय नेपाली संघले संघको श्रमिक कोष र कतार च्यारिटि मार्फत प्राप्त सहयोग बाट हालसम्म आठौँ चरण सम्ममा करिव १५ सय भन्दा बढी पिडित लाई राहत प्याकेज बितरण गरिएको छ । साथै अझै प्रत्यक्ष सम्पर्कमा आउन नसकेका कोहि पिडित भएमा संस्थाले सम्प्रेषण गर्दै आएका आधिकारिक सुचनामा उल्लेखित सम्पर्क नम्बरमा सहजै फोन गरेर सम्पर्कमा आउन र राहत संकलनाका लागि बिबरण उपलब्ध गराई सहजिकरण बनाउन सबैले मानविय सहयोग गर्न एन सीसी कतारका प्रथम उपाध्यक्ष एवं उद्दार तथा राहत बितरण समितीका संयोजक उत्तम गुरुङले पिटि अनलाईन न्युज मार्फत अनुरोध गर्नु भएको छ ।
राहत बितरणमा प्रत्यक्ष सहभागीता जनाउने नेपाली राजदूतावास परिवार, एनआरएनए आईसीसी मध्यपुर्ब संयोजक प्रबिण गुरुङ्ग, एनआरएनए आईसीसी/एनसीसी प्रतिनिधिहरु, रहात तथा उद्दार समिती सदस्य साथै सम्पुर्ण स्वयंसेवकहरु प्रति, लगायत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यस पुण्य कार्यमा तनमन खर्चेर अहोरात्र खट्नु हुने सबैलाई एन सीसी कतारका प्रथम उपाध्यक्ष एवं उद्दार तथा राहत बितरण समितीका संयोजक (सफल युवा व्यवसायी) उत्तम गुरुङले हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर साथ सहयोग पाउने अपेक्षा राख्नु गर्नुभएको छ।
उक्त खाद्यान्न प्याकेज राहत गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको पहलमा कतार सरकारको गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त गरिएको हो ।
अहिले बिश्वब्यापी महामारीको रुपमा फैलिएको असामान्य कोरोना भाइरसको त्रास अनि संगै कोरोना पिडीत नेपाले श्रमिकहरुको समस्यालाई मनन गर्दै समाधानको निम्ति नेपाली नियोगको समन्वयमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितिको कार्य सम्वादन, राहत बितरणमा निष्पक्ष ढंगले गरिरहनु भएको छ। निश्चय नै यो कार्य अत्यन्तै प्रभाकारी र सराहनीय रहेको भन्दै राष्ट्रिय, अन्तरास्ट्रीय स्तरबाट नेपालीहरुले खुलेरै व्यापक प्रसंशा समेत गरेको छ ।