साउदीबाट आयो दु:खद खबर ,१ महिनामा १३ जना नेपालीहरुको मृत्यु,लकडाउनका कारण शब नेपाल पठाउन ढिलाई
पिटि अनलाईन न्यूज
- १९ बैशाख, २०७७ १८:१४
- 5705 Views

@पिटि अनलाइन खबर
काठमाडौ /बैशाख १९
साउदी अरबमा १ महिनाको बिच १३ जना नेपालीहरुको मृत्यु भएको छ। विभिन्न कारणले नेपालीहरुको मृत्यु भएको नेपाली राजदूताबास रियाद,साउदी स्रोतले जानकारी गराएको छ ।
नेपालमा बेरोजगार भए पछि बैदेशिक रोजगारमा जाने क्रम नेपालीहरुको परम्परा जस्तै भैसकेको छ। सानै उमेरमा नै स्कुल तह सकिसके पछि वैदेशिक रोजगारीको सिलसिलामा पासपोर्ट बोकेर हिड्नु नेपालको लागि कुनै नौलो कुरा होइन। तर वैदेशिक रोजगारमा जाने नेपालीहरु सबैले आफ्नो आर्थिक स्तर उन्नती गरेर फर्किन्छ भन्ने ,कुनै ग्यारेन्टी छैन तर पनि नेपालीहरु आफ्नो पारिवारिक समस्या समाधानको लागी भए पनि वैदेशिक रोजगारमा लाग्ने गर्छन।
आफ्नो र आफ्नो परिवारको लागि छुट्टै सपना बोकेर बैदेशिक रोजगार पुग्ने गर्छन। तर कतिपयको त्यो सपना सपनामा मात्रै सिमित रहने गर्छन । अर्थात आफ्नो आफन्त संग टाडिएर बैदेशिक रोजगारमा हिडेको ब्यक्ती फर्किदा आफ्नो सपना संगै बाकसमा प्याक गरेर फर्किने गर्छन। त्यस्तै वैदेशिक रोजगार कामको सिलसिलामा साउदी अरब पुगेका १३ जना नेपालीहरुको सपना बाकसमा विलीन भएको छ।
उनिहरु विभिन्न कामको सिलसिलामा साउदी अरबमा पुगेका थिए। ४ जनाले आत्मा हत्या गरिएको र १ जना काम गर्ने ठाउमा दुर्घटना भएर मृत्यु भएको हो। बाकि ८ जना भने विभिन्न कारण बस मृत्यु भएको नेपाली दूतावास श्रोतले पिटि अनलाइन खबरलाई जानकारी दिनु भएको छ। प्रारम्भिक जानकारी अनुसार १ जना महिला र १२ जना पुरुषको मृत्यु यहि अप्रिल महिनामा भएको हो।
साउदी अरबमा कामको सिलसिलामा पुगेका नेपालीहरु मध्ये विभिन्न कारण मृत्यु भएका नेपालीहरु जम्मा ३० जनाको शब नेपाल पठाउन बाकी रहेको र ४ जनाको सबै प्रक्रिया पूरा भए पनि ,कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडानहरु सबै बन्द रहेकोले नेपाल पठाउन नसकेको र अन्तर्राष्ट्रिय उडान खुल्ने बितिकै छिट्टै नेपाल पठाउने तयारी रहेको र १ जना को भने पारिवारिक सल्लाह अनुसार नै साउदी अरबमा अन्त्येष्टि गरिने तयारी रहेको पिटि अनलाइन खबरलाई जनकारी दिएका छन। विविध कारण मृत्यु हुने सबैको नाम ठेगना भने गोप्य राखिएको दूतावास श्रोतले बताएको छ।